नियम
परीक्षाको किसिम
(१) सैनिक विविध सेवाको रिक्त रहेका पदमा पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्न देहाय बमोजिमको परीक्षा लिनु पर्नेछ ः-
(क) वियरिङ्ग परीक्षा,
(ख) बडी मास ईन्डेक्स (बि.एम.आई) र प्रारम्भिक स्वास्थ्य परीक्षण,
(ग) शारीरिक परीक्षा,
(घ) लिखित परीक्षा,
(ङ) प्रयोगात्मक परीक्षा,
(च) विस्तृत स्वास्थ्य परीक्षण,
(छ) अन्तरवार्ता ।
(२) सैनिक विविध सेवाको उपसेनानी पदका उम्मेदवारका लागि उपनियम (१) का अतिरिक्त गुणमापक परीक्षा (आइ.ओ, टि.ओ., जि.टि.ओ र बोर्ड कन्फ्रेन्स) समेत लिनुपर्नेछ ।
(३) सैनिक विविध सेवाको रिक्त पदमा स्थायी पूर्तिका लागि लिईने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।